सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा 

२०७९ भदौ १२, ०३:०२ खबर संवाददाता

काठमाडौँः युट्युब च्यानल कमेडी क्याफेमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि भद्दा ब्यङग्य गरेको भन्दै विवादमा आएका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध जिल्ला प्रहरी परिसरमा निवेदन परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीमा उजुरी परेको जानकारी पाएपछि सिंह आफैँ प्रहरी कार्यालय पुगेका थिए। उनी अहिले नियन्त्रणमा रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको काठमाडौँका एसएसपी भरत बोहोराले उकेरालाई बताए।

विद्युतीय माध्यमबाट कमेडीको बहानामा समुदायको कला, संस्कृति, भाषा र खानामाथि प्रहार भएको भन्दै परिसरमा शुक्रवार नेवार समुदायबाट उजुरी परेको थियो। उनले कमेडी क्याफे नामक च्यानलमा नेवारी खाना, नेवारी लवजसँगै म्ह पूजा र बेल पुजाबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेपछि सो च्यानले भिडियो हटाएको थियो भने सिंहले माफी मागेर यो विवादलाई अगाडि नबढाउन आग्रह गरेका थिए।

कमेन्ट लोड गर्नुस