सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजीमा प्रचण्ड

२०७९ भदौ १३, ०५:१८ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका छन्।

निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए । उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं।’

चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाए। ‘यही भएर चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन’, प्रचण्डले भने, ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो। बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो।’ उनले अघि भने, ‘हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं। सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि।’

पार्टीको गुटबन्दीमा पनि सहभागी नभएको र सबैले साथ दिनसक्ने उम्मेदवार ल्याउने भन्दै उनले भने प्रतिनिधिसभामा २/३ सिट जित्न सके ठूलो सफलता हुने बताए।

कमेन्ट लोड गर्नुस