सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनमा बाँडफाँट गर्दा ८६ बढी सीटमा कांग्रेस, माओवादी र समाजवादीलाई लाई कति ?

२०७९ भदौ १६, ०६:२९ खबर संवाददाता

काठमाडौंः गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यदलमा रहेका नेताहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन्।

कार्यदलमा रहेका एक नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९०लाई बटमलाइन बनाउने र अन्तिममा ८६/८७ सीटमा सहमति जनाउने सम्भावना छ। माओवादी नेताहरुले भने कांग्रेसलाई ८० सीटमा रोक्न खोजेका छन्।

कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिहीबार साँझसम्म पनि चलिहेको छ। कांग्रेस ८६ सीटसम्म सहमत भयो भने माओवादी केन्द्रले बाबुराम भट्टराई र बामदेव गौतमसहित ४५ देखि ४७ सीटसम्म पाउने सम्भावना रहेको छ। यद्यपी यो टुंगो लागिसकेको छैन।

माओवादीले ६० सीट दाबी गर्ने, ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने देखिएको छ। त्यस्तै, ४० सीट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सीट पाउने सम्भावना छ। तर नेकपा एसका नेताहरुले २० सीटभन्दा तल नजाने अडान लिएका छन्। जसपाले १२ सीटलाई बटमलाइन बनाएको छ भने २ सीट दावी गरेको राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेछ। कांग्रेसले लोसपालाई पनि गठबन्धनमा सामेल गर्न खोजेको छ।

कमेन्ट लोड गर्नुस