एमाले सचिवालय बैठक बस्दै
२०७९ असोज २, ०७:१७
भक्तपुरः नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ। आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो।
शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको हो। आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन्।
आजको बैठक ११ बजेपछि बोलाइएको छ।
कमेन्ट लोड गर्नुस