सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजु राणा कैलालीमा प्रत्यक्ष छोडेर डडेल्धुराबाट समानुपातिकतिर !

२०७९ असोज ३, ०३:४५ खबर संवाददाता

धनगढीः कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने अन्तिम तयारी गरेको छ। कैलाली ५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो।

यसअघि २०७४ मा आरजु कैलाली ५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन्। उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए। मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ।

एक पदाधिकारीका अनुसार आरजुको नाम डडेल्धुराबाट समानुपातिकमा समेटिने भएको छ। कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन्। त्यसैका लागि दलहरुले सोमबारसम्म आआफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन्।

कमेन्ट लोड गर्नुस