धनगढी डाइग्नोस्टिक्सको बार्षिकोत्सवमा दृष्टि फाउन्डेसनलाई सहयोग, छुटमा स्वास्थ्य परिक्षण
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो दोश्रो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ। सोही अवसरमा दृष्टि फाउडेशनलाई आर्थिक सहयोग गरिएको छ। प्रालीका अध्यक्ष मीनबहादुर धामीले पाँच हजारको चेक फाउण्डेशनका अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरे। यस्तै डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले दोस्रो वार्षिकोत्सवको अवसरमा फाउन्डेसनमा रहेका मानसिक सन्तुलन ठिक नभएका महिलाको एचआइभी र सुगर पनि निशुल्क परिक्षण गरेको छ।
यस्तै बार्षिकोत्सवको अवसरमा तिन दिन सम्म स्वास्थ्य परिक्षणमा छुटको व्यवस्था पनि गरिएको हो। डाइग्नोस्टिक्सले सो अवसरमा एक सय ३० जनाको होलवडी चेकअप, एक सय ८ जनाको थाइराड, तीन सय ८५ जनाको सुगर जाँच गरेको जनाएको छ।