द्वारिकलाललाई स्वागत गर्दै प्रचण्डले भनेः उहाँ बहुचर्चित मेयरको रूपमा स्थापित हुनुहुन्छ
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन्। आज खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे।
‘पार्टी प्रवेश त धेरै हुने गरेका छन्। तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ। द्वारिका चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ। क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डको भनाइ थियो।
क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले विशेष राष्ट्रिय अर्थ राख्ने पनि उनले बताए।