सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभु साह एमालेबाट निस्कासित

२०७९ असोज २८, ०३:३२ खबर संवाददाता

रौतहट : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह, रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। 

एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका हुन्। 

उनीहरू पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेकाले उनीहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

कमेन्ट लोड गर्नुस