सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावल कमरेडले पार्टी र नेतृत्वको धज्जी उडाएः लेखराज भट्ट

२०७९ असोज २८, ०५:५२ खबर संवाददाता

धनगढीः नेकपा एमालेका सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको आरोप लगाएका छन्। शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो। नेतृत्वको धज्जी उडाउनुभयो। र, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु। मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो। पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन।’

पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको दाबी छ। एमाले नेता भीम रावलले अस्ति (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। 

कमेन्ट लोड गर्नुस