कसैको बहुमत नआउने भएकाले गठबन्धन गरियोः प्रधानमन्त्री देउवा
काठमाडौंः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको बताएका छन्। देउवाले काठमाडौंमा गठबन्धनका दलहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै आफूहरुले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको बताएका हुन्।
उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिनुपर्छ। प्रतिगमनको खतरा अझै छ। त्यसैले सबै मिल्नुको विकल्प छैन। संविधान समावेशी र जनताको पक्षमा भएकाले त्यसको रक्षा गर्नुपर्छ।’
गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे।