कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउनु पर्दैनः प्रचण्ड
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउन नहुने बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित उम्मेदवार परीचयात्मक कार्यक्रममा प्रचण्डले गठबन्धनका उम्मेदवारलाई बहुमतसहित विजयी बनाउन आह्वान गरे।
उनले भने, ‘रुखले हँसिया-हथौडामा हाल्ने हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने भन्ने गरेको सुन्छु। २०४६ सालदेखिनै संयुक्त भोट हाल्न सुरु गरेका हौं।' माधवजी र गिरिजाबाबुकै कारण १२ बुँदे समझदारी भएको उनको भनाइ छ।
प्रचण्डले भने, 'कमरेड ओनसरी रोल्पाको ग्रामिण इलाकामा जन्मिएर संघर्षमा विताएको महिला हो। मेरै प्रस्तावमा प्रतिनिधिसभाको सभामुख बनाएको हुँ। सफलतापूर्वक सभामुखको जिम्मेवारी प्राप्त गर्नुभयो। ओनसरीभित्र कमाण्ड छ। ओनसरीको टिमलाई विजयी गराउनुस, विकासे मन्त्री पनि उहाँलाई बनाएर पठाइने छ।’