मानुषीको प्रशंसा गर्दै प्रचण्डले भनेः बौद्धिक र डाइनामिक
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–७ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेकी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भन्दै प्रशंसा गरेका छन्। उनले यमीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको बताएका हुन्।
यमी माओवादी केन्द्रको चुनाव चिह्न लिएर सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी हुन्। यमीलाई उम्मेदवार बनाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले यो चुनावमा भाग नलिने घोषणा गरिसकेका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा स्मरण गरेका हुन्।