जब माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिए
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको पार्टीको नाम गलत उच्चारण गरेका छन् उनले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको क्रममा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गरेका हुन्।
‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका नेपालले पछि आफूलाई सच्याएका थिए। आफैँलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए।
‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं। कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने। पाँचदलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उनको दाबी थियो।