गठबन्धनको उद्देश्य सरकार बनाउने होइनः एनपी साउद
कञ्चनपुरः नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन्। कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका २ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको बताए ।
‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन। हुन्थ्यो भने हामी चुनावपछि संसदमा गएर यो गठबन्धन गर्थ्यौं’, नेता साउदले भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो।’
विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उद्देश्य देशको विकास र प्रगति भएको उनले जनाए।