सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गठबन्धनलाई भोट नदिए पाप लाग्छ’

२०७९ कार्तिक ४, ०४:३३ खबर संवाददाता

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा आवद्ध सबै दलको कार्यकर्तालाई गठबन्धनकै उम्मेदवारलाई भोट हाल्न अनुरोध गरेका छन्। 

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यक्रममा प्रचण्डले हसिँया हथौडाले रुख र रुखले हँसिया हथौडामा भोट नहाले पाप लाग्ने बताएका छन्। 

‘गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौँ। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ।’
 

कमेन्ट लोड गर्नुस