'गेटामा मेडिकल विश्वविद्यालय बनाउन गठबन्धन सरकार बाधक बन्यो'
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन सरकारले गेटमा मेडिकल विश्वविद्यालय बनाउन रोक्ने काम गरेको आरोप लगाएका छन्।
एमाले क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले चुरे गाउपालिका–६ को धनेडीमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै विभिन्न बाहाना वनाएर मेडिकल विश्व बिधालय बनाउने काम अल्झाएको बताए।
नेकपा एमालेको सरकार हुँदा विश्व विद्यालय सञ्चालनका लागि पहल गरेपनि अहिलेको सरकारले गेटालाई अस्पतालको रूपमा सञ्चालनमा ल्याएको उनको भनाई थियो।
प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज लैजान लागेको बताउदै उनले डडेल्धुरामा मेडिकल कलेज बनाउँदा कुनै आपत्ति नभएपनि गेटामा मेडिकल विश्वविद्यालय हुनै पर्ने बताए।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश ९ख० का उमेदवार हरि सिह साउदले नेकपा एमालेले गरेका काम हेर्न गाउँ गाउँ जान अनुरोध गरेका छन्। उनले बजारमा बसेर विकास हेर्न भन्दा विकटमा गाउमा पुगेका सडक, स्वास्थ्य चौकि विद्युत लगायतका बिकास हेर्न अनुरोध गरे।
एमाले सरकारमा हुँदा गरेका काम देखेर अहिलेको गठबन्धन सरकार डराएको बताउदै उनले एक्ला एक्लै निर्वाचन होमिदा हार्ने डरले गठबन्धन गरेको बताए।