सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ओली शक्तिमा आए देश छाडेर भाग्नुपर्छ’

२०७९ कार्तिक ४, ०८:०२ खबर संवाददाता

बुटवलः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति आर्जन गरे देश छाडेर भाग्ने अवस्था आउने बताएका छन्।

सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले अ‍ेली नसुध्रिने ठोकुवासमेत गरे। उनले भने, ‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस् त्यसपछि देश छाडेर भाग्नुपर्ने हुन्छ।’

एमाले माओवादी एकतापछि बनेको नेकपाकालको स्मरण गर्दै नेता नेपालले ओलीले आफ्नो र प्रचण्डको सुझाव नमानेको बताए। 
 

कमेन्ट लोड गर्नुस