देश विकासका लागि गठबन्धन बाहेकको विकल्प छैनः डिल्लीराज पन्त
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार डिल्लीराज पन्तले गठबन्धन दललाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन्। धनगढी वडा नम्बर १२ मा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘गठबन्धन बाहेक अरुको विकल्प छैन। देश विकासका लागि पनि गठबन्धन दलकै नेतृत्व आवश्यक रहेको छ।’ उनले गठबन्धनले देशमा भएको गलत प्रविधिको सोच र संविधान, र जनताका हक अधिकारको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए।