अन्यथा नमान्नु होला, भोलिको प्रधानमन्त्री प्रचण्ड नै होः बाबुराम
काठमाडौंः नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
गोरखामा चुनावी अभियानमा रहेका प्रचण्डलाई भोट माग्दै भट्टराईले चुनावपछि बन्ने सरकारको नेतृत्व प्रचण्डले गर्ने बताएका हुन्। भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री। यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
एमाले अध्यक्ष केपी शर्मा ओलीको मुर्खताको कारणले गठबन्धन बनेको उनको दाबी थियो। ‘अहिलेको सन्दर्भमा गतिशील र चर्चित व्यक्ति कमरेड प्रचण्ड नै हो। यहाँको लागि उहाँजस्तो उपयुक्त पात्र कोही हुनै सक्दैन’, बाबुरामले भने।