धनगढीको उर्मीमा आखा शिविर सम्मन्न
धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ मा आयोजना गरिएको आखा शिविर सम्पन्न भएको छ। वडा कार्यालय र च्यारिटि फउण्डेसन नेपालको संयुक्त आयोजनामा आखा शिविर सम्मन्न भएको हो। वडामा रहेका आखाका विरामीहरुको लागि सहुलियतको लागि शिविर संचालन गरिएको वडाध्यक्ष फुलराम चौधरीले बताए। शिवरमा ६ सय भन्दा बढीले आखाको जाँच गराएका छन भने शिविर संचालन वडा नम्बर १५ को उर्मीमा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा भएको थियो।