डोटीमा ट्याङ्कर दुर्घटना हुँदा डडेल्धुराका धामीको मृत्यु
धनगढी: डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाक जिल्लाको केआइ–सिंह गाउँपालिका ४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर दुर्घटना भएको हो।
ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटनामा हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।