सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड बर्खामा पानी समेत आफैंले पारेको भन्दै गफ दिन्छन्ः ओली 

२०७९ कार्तिक २७, ०३:०५ खबर संवाददाता

धनगढीः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कामभन्दा बढी गफ दिने गरेको बताएका छन्। कर्णाली प्रदेशको कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले नेकपा एमालेलाई जिताउन अनुरोध समेत गरेका छन्। 

प्रचण्डजी अस्ती आए भन्ने सुनेको थिएँ मैले। विकासका काम जति सबै आफैंले बनाएको भन्ने उनको बानी छ। यो पनि मैले गरेँ, त्यो पनि मैले गरेँ भन्छन्। बर्खामा पानी पनि मैले नै पारिदिएको हो, यस्तै गफ दिन्छन् उनले’, ओलीले भने, ‘यस्ता कुराको पछाडि नलाग्नुस्, नेकपा एमालेलाई विजयी गराउनुस्।’


 

कमेन्ट लोड गर्नुस