सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको माया मान्ने कार्यकर्ताहरु अछाम जानुस्ः ओली

२०७९ कार्तिक २७, ०५:५८ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन्।

दैलेखमा आयोजित चुनावी सभामा ओली सम्बोधन गर्दै थिए। कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे। पटकपटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए। भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’

यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीम रावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन्। भीम रावल अछाम १ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए। उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन्।


 

कमेन्ट लोड गर्नुस