कार्यकर्ताले भीम रावल खोजेपछि ओलीले भने, 'माया लागे अछाम जानुस्'
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरेपछि झोक्किँदै जवाफ दिएका छन्।
पटक–पटक कार्यकर्ताले भीम रावल भनेपछि झोक्किएका ओलीले भीम रावलको माया लागे अछाम जान भनेका हुन्। उनले रावलको नाम लिनेहरुलाई भने, ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’
भीम रावल अछाम–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका आकांक्षी थिए। उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन्। यसअघिका केही कार्यक्रमहरुमा पनि रावलबारे ओलीसँग सोधिएको थियो।