सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीविरुद्ध भीम रावलले लेखे यस्तो कविता

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक २८, ०१:४३ खबर संवाददाता

काठमाडौँः पछिल्लो समय चुनावी सभाहरूमा एमाले कार्यकर्ताहरूले चर्को स्वरमा नेता भीम रावलको नाम लिन थालेपछि अध्यक्ष केपी शर्मा ओली हैरान छन्। मन्तव्यकै क्रममा उनले झोक्किँदै र रावलको आलोचना गर्दै जवाफ दिने गरेका छन्। 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट एकल नाम सिफारिस हुँदासमेत भीम रावललाई टिकट नदिएपछि कार्यकर्ताले ओलीलाई प्रश्न गरिरहेका छन्। तर, ओलीले भने उनीहरुको प्रश्नमा झर्किदै जवाफ दिने गरेका छन्। 

यस्तै रावल भने पार्टीभित्रै रहेर अध्यक्ष ओलीको आलोचना गरिरहेका छन्। हिजोमात्रै ओलीले दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरेपछि झोक्किँदै जवाफ दिएका थिए। पटक–पटक कार्यकर्ताले भीम रावल भनेपछि झोक्किएका ओलीले भीम रावलको माया लागे अछाम जान पनि भनेका थिए। उनले रावलको नाम लिनेहरुलाई भनेका थिए, ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’

यसै क्रममा नेता रावलले ओलीको नाम नलिईकन उनीविरुद्ध ‘बोल्न बन्द गर’ शीर्षकमा व्यंग्यात्मक कविता लेखेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक उनको कवितामा ओलीको अहम् र निरंकुशताको चित्रण गरिएको छ। 

कमेन्ट लोड गर्नुस