सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनलाई व्यंग्य गर्दै ओलीले भने–घन्टी पनि बजाउन नदिने ? 

२०७९ कार्तिक २८, ०४:५३ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग डराउन नपर्ने बताएका छन्। सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा युवा चुनाव लड्न आउँदैमा डराउन नपर्ने टिप्पणी गरेका हुन्।

‘यहाँ एउटा युवा, चुनाव लड्न मन लाग्यो आयो, चुनाव लड्छ ठीक छ नि, एउटा युवा चुनाव लड्छु भन्दा गाडी फुटाउनुपर्छ?’ ओलीले प्रश्न गरे। उनले अगाडि भने, ‘कोही कोही उत्साहित भएर छेउतिर नाचिरहेका हुन्छन्। युवाहरु आए राजनीतिमा रुची राखे राम्रो कुरा हो, ४ गतेसम्म कुद्छन् ठीक छ नि।’ सत्तारुढ गठबन्धनका कार्यकर्ता भने आत्तिएर ढुंगा हानेको ओलीले टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा उम्मेदवार छन्। ओलीले उनको चुनाव चिह्न घन्टीतिर संकेत गर्दैै भने, ‘ढ्यांग्रो बजाएको छैन, घन्टी पनि बजाउन नदिने ? अनि ढुंगा हान्न जाने?’
उनले सत्तारुढ गठबन्धनतर्फ व्यंग्यको शैलीमा भने, ‘दमाहा बजाएको होइन, नरसिंह बजाएको पनि होइन, एउटा घण्टी’। कति आत्तिएको?’

कमेन्ट लोड गर्नुस