रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने संभावना छः प्रचण्ड
तनहुँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन्।
तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताएका हुन्।
‘रामचन्द्र जीलाई जिताएमा तनहुँले प्रधानमन्त्री पाउने अवसर पाएको छ,’ प्रचण्डले भने, ‘तनहुँले यो अवसर गुमाउनु हुँदैन।’