‘म ७० वर्ष हुँदा बा, शेरबहादुर देउवा ८० वर्ष हुँदा दाइ ?’
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दाइ भन्दै गरिने सम्बोधनप्रति कटाक्ष गरेका छन्। आफूभन्दा उमेरमा पाका रहेका मान्छेलाई दाइ सम्बोधन गरिएको भन्दै ओलीले कटाक्ष गरेका हुन्।
‘म ७० वर्ष हुँदा बा। शेरबहादुर जी ८० वर्ष हुँदा शेरबहादुर दाइ, ओलीले भने, ‘म शेरबहादुर दाइलाई प्रश्न गर्न चाहन्छु पाँचपटक प्रधानमन्त्री भएर तपाईंले के गर्नुभयो ?’
ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधीको संज्ञा समेत दिएका छन्। एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति विजयी गराउन ओलीले अपिल गरेका छन्।