सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामीमाथि पूर्वाग्रह राखेर मतपत्र मिसमास पारियोः रवि लामिछाने

२०७९ मंसिर ४, ०१:४३ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मतपत्र मिसमास पारिएकोप्रति आपत्ति जनाएका छन्।

उनले आफूहरुमाथि नै पुर्वाग्रह राखेर मतपत्र मिसमास पारिएको आशंका गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ।’

कमेन्ट लोड गर्नुस