डडेल्धुरामा २९५६ मत गणना सकियो, सागरको ७३०, अरुको कति ?
२०७९ मंसिर ५, ०७:५३
धनगढीः प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा २९५६ मत गणना सकिएको छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४०४ मत पाएका छन्। जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ७३० ल्याएका छन्। प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत पाएका छन्।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ८ जना चुनावी मैदानमा छन्।
कमेन्ट लोड गर्नुस