नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल चयन
२०७९ पुष ४, ०२:१९
काठमाडौंः नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए।
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ।
कमेन्ट लोड गर्नुस