सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते

२०७९ पुष ४, ०२:२४ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ। आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

त्यसका लागि पुस ५ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।

कमेन्ट लोड गर्नुस