सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस दलको नेतामा देउवा

२०७९ पुष ६, ११:०७ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसको दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्।

बुधबार बिहान भएको नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवा निर्वाचित भएका हुन्।

प्रधानमन्त्री देउवाले ६४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरे। प्रतिनिधि सभामा नेपाली काँग्रेसका ८९ सदस्य छन्।                                                                   
 

कमेन्ट लोड गर्नुस