सुदूर नेपाललाई विश्वसँग जोड्दै

कविता : शिक्षक

२०७९ पुष २२, १०:११

एमपी जोशी

तिमीले बन्दुक चलाउन सिकायौ।

मैले कलम चलाउन सिकाएँ।

फरक यत्ति छ,

तिमीले  हत्या र हिंसा गर्न सिकायौ।

मैले लेख्न र पढ्न सिकाएँ।

तिमीले चोर्न र लुट्न सिकायौ।

मैले नङ काट्न र सिगान पुछ्न सिकाएँ।

फरक यत्ति  छ,

तिमीले स्कुलका रजिष्टरहरु जलायौ।

मैले त्यी त्यातिएका पानाहरु सजाएँ।

तिमीले सयौं विद्यार्थीको सपना जलायौ।

मैले हजारौं विद्यार्थीको भविष्य बनाएँ।

फरक यत्ति छ,

तिमीले निर्दोषलाई जङ्गल  लग्यो।

मैले तिनैलाई  स्कुल बोलाएँ।

तिमीले आतंकलाई निम्त्यायौ।

मैले शान्ति निम्त्याएँ।

फरक यत्ति  छ,

तिमीले मन्दिर भत्कायौ।

मैले सभ्यता बचाएँ।

तिमीले क्रान्ति भनेर कयौंका घरबार बर्बाद गर्यौ।

मैले समाजमा शिक्षाको दियो जलाएँ।

फरक यत्ति छ,

तिमीले स्कुल लड्न सिकायौ।

मैले मिल्न सिकाएँ।

त्यसैले त तिमी र म फरक छौँ,

तिमी विद्रोही कहलियौ।

म शिक्षक कहलिएँ।

   

कमेन्ट लोड गर्नुस