सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा समेत नेपालीबीच जातीय भेदभाव र छुवाछुत कायमै

। फोटो स्रोत ।
२०७५ चैत्र १२, ११:१२ खबर संवाददाता

बेलायतको नेपाली समुदायमा पनि जातीय भेदभाव र छुवाछुत कायम रहेको एक कार्यक्रमका वत्ताहरूले जिकिर गरेका छन्। नेपालमा कानुनले वर्जित गर्दासमेत दलितमाथि उत्पीडन कायमै रहेको र प्रवासी दलितले पनि जातीय उत्पीडन सहनुपरेको उनीहरूको गुनासो छ। राजनीतिक, कानुनी परिवर्तन भए पनि मानिसको सोच र धार्मिक एवं संस्कारगत परिवर्तनमा जोड नदिइएको धारणा सहभागीको थियो। नेपाल उत्पीडित जातीय समाज युरोपले ५४ औं अन्तर्रा्ष्ट्रिय जातीय तथा रंगभेद ऊन्मुलन दिवसका अवसरमा अल्डरसटमा गरेको कार्यक्रममा वत्ताहरूले दलितले बेलायतमा कोठा भाडा समेत नपाउने भन्दै गुनासो गरेका छन्।  कार्यपत्र प्रस्तुत गर्दै लन्डनको किङ्सटन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले भने, ‘नेपालमा जस्तै यूकेका धेरै नेपालीको घरमा दलितले डेरा पाउँदैनन्। घरबेटीले डेरा खोज्नेको सर्वप्रथम थर सोध्नुको कारण त्यही हो। जात ढाँटेर बसेका दलितलाई पछि थाहा पाएर निकालिएका दृष्टान्तहरू पनि छन।’ ‘सबैभन्दा अपमानपूर्ण विभेदचाहिँ जातीय गालीगलौज हो,’ उनले भने, ‘कामी, दमाई, सार्की भनेर हेप्ने, होच्याउने चलन व्याप्त छ। अझ लाहुरे समाजले त संयुक्त रूपमा केडीएस भनेर हेप्छ। अपमानपूर्ण जोक्स, भनाइहरू उस्तै प्रयोग हुन्छन।’ बेलायतमा करिब १५ सय नेपाली दलितको बसोबास रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस