प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजकमा सूर्यकिरण नियुक्त
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्। यसअघिदेखि सचिवालयमा रहेर प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका शर्मालाई प्रधानमन्त्रीले सोही पदमा नियुक्त गरेका छन्।
शर्माले लामो समयदेखि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजकको जिम्मेवारीमा रहेर काम गर्दैआएका थिए। आधिकारिक रुपमा प्रधानमन्त्री प्रचण्डले गत मंगलबार प्रेस संयोजकको औपचारिक नियुक्ति दिएको शर्माले जानकारी दिए। माओवादी केन्द्रका युवा नेता समेत रहेका शर्माले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए।