रास्वपाकी इन्दिरा उपसभामुख बनिन्
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार इन्दिरा राना उपसभामुखमा निर्वाचित भएकी छन्।
प्रतिनिधि सभामामा रिक्त रहेको उपसभामुख पदका लागि सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार रहेकी मगर बहुमतले निर्वाचित भएकी हुन्।
कुल उपस्थित २ सय ६४ सांसद मध्ये रानाको पक्षमा एक सय ६६ मत पाएर निर्वाचीत भएकी हुन्। रानाको विपक्षमा ९७ सय मत खसेको थियो। भने मत नदिनेमा १ मत परेको छ। सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेकी रानालाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन रहेको थियो।
प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन थिए। सत्ता गठबन्धन दलबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको थियो। मगरलाई बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेको छ।
यता नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई सभामुखको उम्मेदवार बनाएको थियो। उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका थिए। यादवलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन रहेको थियो।