प्रदेशसभा स्थापना दिवसको अवसरमा मुख्यमन्त्री रावलद्वारा शुभकामना व्यक्त
अत्तरियाः सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका छन्।
उनले एक सन्देशमार्फत सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरे। “नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागू भए पश्चात् २०७४ साल माघ ७ गते पहिलो प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु”, सन्देशमा भनिएको छ।