सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनिर्वाचित उपसभामुख रानामगरको शपथ आज

२०७९ माघ ९, १०:३६ खबर संवाददाता

काठमाडौं: नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सोमवार सपथग्रहण गर्दैछिन्। सोमवार साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।

 प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्। उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन्। बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका थिए।
 

कमेन्ट लोड गर्नुस