सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज

२०७९ माघ २२, ११:०३ खबर संवाददाता

काठमाडौंः राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँनेभएको छ। 

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेदेखि  ४ बजेसम्म बानेश्वरस्थित संसद भवनमा मनोनयन दर्ताको समय तोकिएको छ।  सचिवालयका अनुसार आजै अपरान्ह ४ः१५ बजे उम्मेदवारहरुको सूचीसमेत प्रकाशन गरिनेछ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएको १ वर्षपछि रिक्त पदमा भोलि निर्वाचन हुन लागेको हो।राष्ट्रियसभा उपाध्यक्षमा  नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ।

तर उम्मेदवारको नाम भने सार्वजनिक गरेको छैन। यता सत्ता साझेदार पार्टीहरुले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन।
 

कमेन्ट लोड गर्नुस