सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको मुद्दाको आज पेशी

२०७९ माघ २२, ०२:२७ खबर संवाददाता

धनगढीः पूर्व सांसद रेशम चौधरीको जन्मकैदको फैसला खारेजीको माग गर्दै दायर गरिएको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेका थिए। उनीसँगै टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको बताइएको छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च पुगेको मुद्दाको आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो।
 

कमेन्ट लोड गर्नुस