रास्वपा बैठक निष्कर्षहिनः पुःन्ह अर्काे बैठक बस्दै
एक चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै
काठमाडौंः सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ।
पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन्। अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ । बैठकपछि पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति रवि लामिछानेले बताएका छन्।
चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनः नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् । पहिलो बैठक निष्कर्ष बिहिन भएपछि पुःन्ह अर्को बैठक बस्न लागेको छ।