सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिबाट माफी पाएका उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुँदै

२०७९ फाल्गुन ७, १०:३८ खबर संवाददाता

धनगढीः कैलाली–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।

टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिएपछि उनी रिहा हुन लागेका हुन्।

उनको रिहाईका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी पक्रिया सुरु गरेको छ। तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन्।

यद्यपी, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भएपछि उनका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन।

२०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। १० वर्षअघिको सो मुद्धा अनुसार ६ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस