सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा पनि राष्ट्रपति बनाउने पक्षमा माओवादीकै लाइनमा

२०७९ फाल्गुन ७, ०८:१५ खबर संवाददाता


काठमाडौँः जनता समाजवादी पार्टी नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ।

बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य रामसहाय यादवले बताए। पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वका गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको छ। सो समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने उनले बताए।

बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ। उनका अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस