सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ सत्ता समीकरणका बिषयमा कुनै छलफल भएको छैनः डा. शेखर

२०७९ फाल्गुन १३, ०४:३७ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका नेताहरुले नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका छन्।

शनिबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले भर्खरै राष्ट्रपतिको बिषयमा टुङ्गो लागेको अवस्थामा दलहरुबीच नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका हुन्। कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिका बिषयमा दलहरुबीच छलफल भएको अहिले नै सरकारका बिषयमा छलफल गर्ने बेला नभएको बताए।

उनले एमालेले सरकार नछाडेको अवस्थामा अहिले नै कांग्रेस सरकारमा जान नहतारिने जिकिर गरे। मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सबैैले सहयोग गर्ने उनले बताए। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले सरकार पुर्नगठनमा जान हतार गर्न नहुने बताए।

प्रचण्ड नेतृत्वको सरकार रहेको अवस्थामा २५ गतेपछि पनि प्रचण्डकै सरकारले निरन्तरता पाउने उनको भनाइ छ। त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नया सता समिकरणका बिषमया छलफल गर्ने बेला नभएको तर आगामी दिनमा भने नयाँ समिकरण बन्न सक्ने तर्क गरे।

उनले २५ गतेसम्म धमिलो पानीमा खेल्ने एमालेको षडयन्त्र पुरा नहुने जिकिर समेत गरे। उनले संविधानको रक्षाका लागि पनि कांग्रेसका उम्मेदवारको विजयी सुनिश्चित रहेको बताए।
 

कमेन्ट लोड गर्नुस