सुदूर नेपाललाई विश्वसँग जोड्दै

आठ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति होः प्रधानमन्त्री प्रचण्ड

२०७९ फाल्गुन १३, ०८:०२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ८ दलहरूबीच राष्ट्रपतिका लागि गरिएको सहमति ८ दलको मात्रै नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन्।

रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै उनले पौडेल उपयुक्त उम्मेदवार रहेको पनि बताए। विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको उनले प्रसंसा गरेका थिए। यस क्रममा उनले शुक्रबारको सहमतिलाई संकेत गर्दै नयाँ यात्रा सुरु भएको बताएका थिए।

हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने पनि दाहालले बताए। राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ थियो। शुक्रबार मात्रै कांग्रेस र माओवादी केन्द्रसहित ८ दलहरूबीच आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति तयार भएको छ।

जसअन्तर्गत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राष्ट्रपतिमा मनोनयन दर्ता गराइसकेका छन्। नेकपा एमालेको तर्फबाट भने सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका छन्।
 

कमेन्ट लोड गर्नुस