प्रभु साहले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मत दिने
काठमाडौँः पूर्व मन्त्री प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा) ले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने निर्णय भएको बताए। ‘राष्ट्रिय एकताको साझा प्रतीक बनी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु’ साहले भने।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपतिका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।