सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ दलीय गठबन्धनका प्रदेश सांसदहरुको १९ फागुनमा  भेला हुने

२०७९ फाल्गुन १५, ०३:५३ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला बोलाएका छन्।

राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन्।

सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य अब्दुल खाँले बताए।
 

कमेन्ट लोड गर्नुस