विदेशमै रहँदा परराष्ट्रमन्त्रीको पद नजाओस् भनेर भ्रमण रोकेको हुँः प्रचण्ड
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको बताएका छन्।
सोमबार दिउँसो एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै अपमान हुनेगरी भ्रमण नरोकेको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका हुन्। मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन्।प्रधानमन्त्री दाहालले विदेशमै रहेका बेला मन्त्री पद जाँदा नराम्रो हुने भएकाले भ्रमण रोकेको बताएको एमालेबाट भूमि व्यवस्थामन्त्री बनेका राजेन्द्र राईले जानकारी दिए।
उहाँले ०६५ सालको घटना मनमा सम्झेँ भन्नुभयो ।’ २०६५ सालमा दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो।