सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने 

२०७९ फाल्गुन १९, ०९:१९ खबर संवाददाता

काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्ववियु निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुने सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ ।
 

कमेन्ट लोड गर्नुस